माटो अभावमा कुमालको पेशा खोसियो

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

 

पाल्पा, १ जेठ । माटोका भाँडा बनाउन आवश्यक पर्ने माटो गाउँमा पाइन छाडेपछि कुमाल समुदायको पेशा नै खोसिन पुगेको छ ।
पुस्तौँदेखि माटोको भाडा बनाएर जीवन धान्दै आएका पाल्पा रामपुर नगरपालिका–६ मा बसोबास गर्ने कुमाल समुदाय गाउँमा माटो पाइन छाडेपछि पेशा नै खोसिन पुगेकोमा चिन्तित बनेका छन् ।
दुर्गादेवी कुमालले जानेबुझेदेखि नै माटोको भाडा बनाएर बेच्ने गर्नुहुन्थ्यो । त्यसैबाट उहाँको घरखर्च चलेको थियो । अहिले माटो निकाल्ने ठाउँ नै नपाएपछि उहाँलाई दिन बिताउनै समस्या परेको छ । रासस