जेठ ७ गतेदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन हुने

arjun Business/अर्थ ब्यापार , ८ वर्ष अगाडि

काठमाडौँ, १ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई जेठ ७ गतेदेखि २१ घण्टा सञ्चालन गर्ने तयारी गरिएको छ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो चापलाई न्यूनीकरण गरी सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही जेठ ७ देखि विमानस्थल २१ घण्टा सञ्चालन गर्न लागेको हो ।

विमानस्थल २१ घण्टा सञ्चालनको आवश्यक तयारीबारे आज सम्बद्ध सबै पक्ष सँग अन्तरक्रिया गरी मन्त्री रविन्द्र अधिकारीले विमानस्थललाई चुस्त, दुरुस्त बनाउन आग्रह गर्नुभयो । मन्त्री अधिकारीले विमानस्थलको चाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोकको कुनै एक स्थानमा विमानस्थल जसरी पनि बनाएर छाड्ने उद्घोष गर्नुभयो ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म जम्मा १८ घण्टा सञ्चालन भइरहेको छ । सञ्चालन अवधि २१ घण्टा पु¥याउँदा त्यो समय बिहान ६ देखि भोलिपल्ट बिहान ३ बजेसम्म हुनेछ ।