पेट्रोलियम पदार्थको भाउ फेरि बढ्याे ( मूल्यसूची सहित)

arjun Business/अर्थ ब्यापार , ८ वर्ष अगाडि
काठमाडौँ, २ जेठ ।पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । आज बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।