काठमाडौँ, २ जेठ । नेकपा (माओवादी केन्द्र) ले भोलि बिहीबार नेकपा (एमाले) सँग पार्टी एकता गर्ने निर्णय गरेको छ ।माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल निवास खुमलटारमा आज साँझ बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमालेसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको हो ।
बैठकमा पार्टी अध्यक्ष दाहालले पार्टी एकताबारे रिपोटिङ गर्नुभएको थियो । पार्टी एकता संयोजन समितिको बैठक बसेर भाेलि पार्टी एकता गर्ने निर्णय भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनु भयाे ।पार्टी एकता गर्ने विषयमा अध्यक्षले राखेको प्रस्तावलाई बैठकले पारित गरेको समेत उहाँले जानकारी दिनुभयो ।

