काठमाण्डाै, ३ जेठ । नेकपा माअाेबादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल अाज पहिलाे पटक मदन—आश्रित स्मृति सभामा सहभागि हुनु भयाे। पार्टि एकिकरणकाे तयारी भर्इ रहदा उहाँ अाज एमालेकाे पुरानाे पार्टी कार्यालय रहेकाे बल्खुमा अायाेजित श्रद्धाञ्जलि सभा कार्यक्रममा सहभागि हुनु भएकाे हाे ।
२०५० साल जेठ ३ गते नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको जिप दुर्घटना भएको स्थल दासढुंगामा आज विहान उहाँहरुको २५ औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरियो ।
नेकपा (एमाले) चितवनले आयोजना गरेको सो कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल, प्रदेश ३ का कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, एमाले नेता केशवलाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का चितवन इञ्चार्ज ईश्वरी भट्टराईलगायत दर्जनौँ नेता कार्यकर्ता सहभागी भएका थिए । सो अवसरमा आज हुने दुई पार्टीको एकताले मदन र आश्रितको सपना पूरा हुने नेताले बताएका छन् । उनीहरुले कम्युनिष्ट फुटकै कारण सधँै कमजोर बन्नुपरेको बताउँदै आगामी दिनमा आर्थिक समृद्धिका पक्षमा लाग्न एकताले बल पु¥याएको समेत बताएका छन् ।
उहाँहरु पोखराबाट चितवन आउने क्रममा सो दुर्घटना भएको हो । उहाँ सवार जिपमा एमाले संगठन विभाग प्रमुख जीवराज आश्रित र चालक अमर लामा थिए । चालक अमर लामाको २०५९ सालमा अज्ञात समूहले राजधानीमा हत्या गरिसकेको छ ।

