वािसङ्टन, ११ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता स्थगित भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक गर्नुभएको थियो ।
उत्तर कोरियाली राष्ट्रपति किमको आक्रोसका कारण उक्त वार्ता स्थगन गर्नुपरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनुभएको समाचारमा जनाइएको छ । आागमी जुन १२ तारिखमा सिंगापुरमा गर्ने तय भएको भनिएको सो वार्ता अमेरिकी राष्ट्रपति ट्रम्पले एकतर्फी रुपमा स्थगित गरेको सूचना दिएपछि उत्तर कोरिया भने दुःखी भएको बताएको छ ।
जुन महिनामा उक्त वार्ता समयमै हुने भनी उत्तर कोरियाली नेताले केही समययता आफ्ना टिप्पणीहरूमा राख्दै आनुभएको थियो । तर पनि दक्षिण कोरियामा जारी रहेको कोरिया अमेरिका सैन्य अभ्यासका कारण भने उहाँ क्रुद्ध हुनुभएको थियो ।
उहाँले उत्तर कोरियाली नेता किमलाई सम्बोधन गरिएको एउटा पत्रमा यो स्थगनबाट विश्वमा नै दीर्घकालीन रुपमा स्थापना हुने भनिएको शान्तिको ठूलो मौका गुमेको बताइएको छ । (रासस÷एएफपी)

