सदनमा सांसदहरूकाे कम उपस्थिति प्रति सभामुखकाे ध्यानाकर्षण

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौँ, ११ जेठ ।सभामुख कृष्णबहादुर महराले संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुको उपस्थितिका बारेमा सदनको ध्यानाकर्षण गराउनुभयो । सरकारको नीति तथा कार्यक्रम माथिको जारी छलफलमा उहाँले केही पत्रपत्रिकाले नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थितिका विषयमा कुरा उठाएका हुँदा यसतर्फ सांसदको ध्यानाकर्षण गराउनुभएको हो ।

सभामुख महराले संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा सरकारको प्रतिनिधि समयमा नै उपस्थित हुन पनि ध्यानाकर्षण गराउँदै आजको निर्धारित समयमा बैठक शुरु गर्न सरकारको उपस्थिति खड्किएको बताउनुभयो । यसैगरी उहाँले नीति तथा कार्यक्रममाथि आफ्नो भनाइ राख्नुहुने सांसदले निर्धारित सयमभित्र आफ्नो भनाइ राख्न ध्यानाकर्षण समेत गराउनुभयो ।