पूर्वराष्ट्रपति यादव भेट्न अस्पताल पुग्दा डा केसी बाेल्न सकेन्न

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौँ, ७ साउन। पूर्वराष्ट्रपति डा रामवरण यादव शिक्षण अस्पताल पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको छ । डा केसीका सहयोगी विशद दाहालले कुनै उपचार र औषधि नलिएका कारण उहाँको स्वास्थ्य गम्भीर बन्दै गएको अवगत गराउनुभयो । पूर्व राष्ट्रपति यादवले केसीको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

जुम्लाबाट गत असार १६ गतेदेखि चिकित्सकीय सुधारको माग राख्दै आमरण अनशन शुरु गर्नुभएका डा केसीलाई गत बिहीबार सरकारले काठमाडौँ ल्याएको थियो । पन्ध्रौँ पटक अनशन बस्नुभएका डा केसीसंग सरकारले वार्ताका लागि आह्वान गरिरहे पनि केसी पक्ष भने वार्तामा गएको छैन । रासस