काठमाडौं । पोर्न स्टार हुदै बलिउडमा चर्चित बनेकी नायिका सन्नी लियोनीले नेपाली चलचित्र खेल्ने भएकी छिन ।
नेपाली चलचित्र पासवर्डका लागि सन्नी लियोनी फाइनल बताइृएको छ ।
लण्डनमा छायांकन हुने सो चलचित्र बलिउड र नेपाली फिल्मको सहकार्यमा बन्न लागेको कुरा छ ।
चलचित्रमा सन्नी लियोनीको साथमा नेपालका केही चर्चित कलाकारहरुले काम गर्नेछन् ।
चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । सुटिगको लागी नायिका सन्नी लियोनी केही दिनमा लण्डन पुग्नेछिन् ।चलचित्रमा नायक अनुप विक्रम शाही, नायिका छुल्ठिम गुरुङ, कलाकारहरु रविन्द्र झा, प्रविण खतिवडा लगायतका नेपाली कलाकारहरुकनो पनि भूमिका रहनेछ ।

