केसी र सम्राटको ए  फर एप्पल

arjun Entertainment/मनोरञ्जन , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Bank , Photo Gallery , ७ वर्ष अगाडि

काठमाडौं । बाल गायक आयुष केसीको स्वरमा रहेको ए इज फर एप्पल बोल गीतको शैक्षिक भिडियो सावजनिक भएको छ ।

सुमन दाहालको निर्देशनमा निर्माण भएको यस बालगीतमा सन्तोष श्रेष्ठको शब्द तथा सङ्गीत रहेको छ । सुजिता सिटौलाले छायांकन गरेको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका छन् ।

सावर्जनिक बाल गीतको भिडीयोमा मुख्य भूमिकामा भर्खरै मात्र राट्रभक्तिले ओतप्रोत गीतमा अभिनय गरेका बालकलाकार सम्राट दाहालको अभिनय रहेको छ ।गित सम्राट क्रिएशनले निर्माण गरेको हो ।

यस शैक्षिक गीतका गायक केसीलाई निकै मिहेनतका साथ खोजेपछि मात्र भेटीएका निर्देशक दाहाल बताउँछन् ।गीतमा सम्राट दाहालले अघिल्ला गीतहरुमा भन्दा निकै मिहेनत गरेर धेरै राम्रो अभिनय गरेका छन् ।