काठमाडौ, २९ भदौ । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नहरू छिटै कानूनको कठघरामा ल्याउने बताएका छन् ।संसदको शुक्रबारको बैठकमा सम्बोधन गर्दै मन्त्री थापाले यो घटनाको अनुसन्धानमा सरकार गम्भीरताका साथ लागिरहेको बताए ।
गृहमन्त्री बादलले पछिल्लो समय मुलुकमा घटिरहेका हत्या, बलात्कारका घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको पनि बताए।उनले हत्याबारे सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले दोषीहरुको पहिचान गर्ने काम गरिरहेको बताए।
गृहमन्त्री थापाले प्रहरी हिरासतमा रहेका बेला मृत्यु भएका बाँकेका राममनोहर यादवको मृत्यु चोटपटकले नभई रोगले भएको पोष्टमर्टम रिपोर्ट आएको बताए ।हिरासतमा रहेका यादव एक्कासि बिरामी भएपछि सुरूमा बर्दिया जिल्ला अस्पताल त्यसपछि भेरी अञ्चल अस्पताल र मेडिकल कलेज कोहलपुरमा लिइएको थापाले बताएका छन् ।