सुनकाण्डमा मुछिएका बरिष्ठ उपरीक्षक लोहनी थुना मुक्त

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ६ वर्ष अगाडि

विराटनगर, २९ भदौ ।उच्च अदालत विराटनगरले सनम शाक्य हत्या तथा साढे ३३ किलो सुनकाण्डमा संलग्न भएको आरोप लागेका वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीलाई साधारण तारेखमा शुक्रबार रिहा भएका छन् ।

उच्च अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त इजलासले मोरङ जिल्ला अदालतको आदेश उल्ट्याउँदै लोहनीलाई थुनामुक्त गर्ने आदेश दिएको थियाे ।

उक्त सुन प्रकरणमा वरिष्ठ उपरीक्षक लोहनीलाई गत वैशाख १९ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले नौ प्रहरीसहित ६३ जनाविरूद्ध सङ्गठित अपराध ऐनअनुसार मुद्दा चलाएको थियो ।