भ्रष्टाचारसम्बन्धी मुद्दा :आरोपित एघारलाई सफाइ

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, १८ असोज । विशेष अदालतले भेरी अञ्चल अस्पताल बाँकेको भ्रष्टाचारसम्बन्धी मुद्दामा आज ११ जनालाई सफाइ दिएको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीश नारायणप्रसाद पोखरेलको इजलासले पद्मबहादुर जिसीसहित चार र पीताम्बर सुवेदीसहित सात जनालाई सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वर्षअघि भेरी अञ्चल अस्पतालको सरकारी रकम अनियमता गरेको विसं २०७३ भदौ २६ मा जिसीसहित चार जनाविरुद्ध र विसं २०७४ वैशाख १२ मा सुवेदीसहित सात जनालाई छुट्टाछुट्टै आरोपपत्र दर्ता गरेको थियो ।

अख्तियारले दर्ता गरेको आरोपपत्रमा पीताम्बर सुवेदी रु ४२ लाख ११ हजार, पद्मबहादुर जिसी रु ८७ हजार, मनिराम वर्मालाई रु ८२ लाख तीन हजार ८१६ र माधवप्रसाद ज्ञवालीलाई रु २१ लाख दुई हजार १५२ रकम हिनामिना उल्लेख गरेको थियो । अख्तियारले दाबी गरेअनुसारको प्रमाण पुग्न नसक्दा ११ जनाले सफाइ पाएका हुन् ।