काठमाण्डाै,८ कात्तिक । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरिएकोछ ।
प्रहरी प्रधान कार्यालयको पत्र अनुसार गृह मन्त्रालयले बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो ।गृह मन्त्रालयले तपाईंलाई कारबाही किन नगर्ने भन्दै उनीहरु दुबैजना सँग दोस्रो पटक स्पष्टिकरण लिएको थियो ।

