अर्जुन पाण्डे (देव सुन्दर) पक्राउ,महिलाको चरित्र हत्या गरेको अभियाेग

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Bank , Photo Gallery , Spiritual/अध्यात्म , न्युज बैंक बिषेश , ७ वर्ष अगाडि

 

काठमाडौं । बिगत केही समय यता तपोवन र स्वामी आनन्द अरूणको बिरूद्धमा निरन्तर लागीरहेका स्वामी देव सुन्दर भनिने अर्जुन पाण्डेलार्इ आर्इतबार प्रहरीले पक्राउ गरेको छ ।

घटनाक्रम
अनधिकृत तवरले एक ओशो संन्यासीको एल्बममा राखिएको फोटोनिकाली साधारण अवस्थामा रहेको फोटोलाई दुष्प्रचार गर्ने तवरले महिलामाथि दुराचार भएको भनी देखिनेआशययुक्त पोष्टहरू गरी बदनियत तरिकाले एक महिलाको चरित्र हत्या गरेको कारणले अपराध अनुसन्धानमहाशाखा, टेकुले उनलाई हिरासतमा लिएको हो । एक महिलाको फोटोलाई गलत तवरले प्रस्तुत गरी उनकोसमाजमा बेइज्जती गरी तथा मानसिक यातना पर्ने गरी लेखिएका स्टाटस् तथा कमेन्टले पारिवारिक सम्बन्धमासमेत असर परेको जाहेरी परेपछि उनी हिरासतमा परेका हुन् । यस कार्यका अर्का मतियार पोखरा लेखनाथमहानगरपालिका १७ का शिव ढकालले सामर्थ स्वामीको नामबाट पोष्ट गरी देव सुन्दर ९अर्जुन पाण्डे० एडमिनरहेको ‘हाँसौं भुकम्प हाँसौं’ फेसबुक ग्रुपमा दुराशयपूर्ण कमेन्ट गरी अरुलाईपनि उक्साई ती महिलाको चरित्रहत्या गर्ने गरेका थिए । केही महीना देखि अन्यायी पाण्डेले हालेका पोस्टले ती महिलालाई मानसिक तनाव दिएपछि पिडिताले बारम्बार हटाइदिन आग्रह गर्दा उल्टै गालिबेज्जतीमा उत्रेका थिए । सो समुहले केही महिनादेखि समाजमा द्वेष, घृणा, सामाजिक सद्भाव खलल हुने खालका अनेकौं पोष्ट गरीसामाजिक सञ्जालको दुरुपयोग गरेका थिए ।

अर्जुन पाण्डे
केहि महिना देखि अर्जुन पाण्डेले संसारभरिका लाखौँ ओशो सन्न्यासी तथा ओशो प्रेमीहरुको आस्थाको केन्द्र ,नेपालकै एक प्रतिष्ठित पर्यटनको आकर्षण रहेको ओशो तपोवनका बिरुद्ध प्रायोजित रुपमा तथ्यहीन तथा बदनियतपूर्ण सम्प्रेषण गराइरहेका थिए।

सदीक्षा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेकाअर्जुन पाण्डेले , सहकारी संस्थामा जम्मा गरेको आफ्नो रकम झिक्न आउनेहरुलाई भोलि दिउला पर्सी दिउँला भन्दै रित्तो हात फर्काउन थालेपछि संस्थामा सदस्यहरुबाट जम्मा भएको रकम दुरुपयोग भई संस्था टाट पल्टिन थालेको हो कि भन्ने शंकासमेत उत्पन्न भएको चर्चा पनि छ । यस सम्बन्धमा निक्षेपकर्ता सदस्यहरुबाट आवश्यक कानुनी उपचार लिन सक्नेसंभावना प्रवल रहेको बतार्इन्छ ।