काठमाडौँ ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले आफ्नो पार्टीले संघियताका विपक्षमा संसदमा संसोधन प्रस्ताव दर्ता गर्न लागेको जानकारी दिएका छन् ।
संघिय प्रणाली अत्यन्तै खर्चिलो भएको जनतालाई खर्चको भार मात्र बढाउन छलकपट गरिएकोले अहिले जनता स्वयमनै संघियताको विपक्षमा रहेको जिकिर गर्दै केसीले संघियताको विपक्षमा आफ्नो पार्टीले संसदमा संसोधन प्रस्ताव हाल्न लागेको बताएका हुन ।
सोमबार संवाद चौतारीले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै केसीले आफु संघियता विरोधी नभई नेपालमा संघिय प्रणालीको मात्रै विरोधी भएको बताए । काँग्रेस एमालेले समेत संघियता नचाएको तर वाध्यतामा परेर संघियता स्विकारेको भन्दै उनले संघियता दलहरुको आफ्नो एजेण्डा नभई कसैले बोकाईदिएको एजेण्डा भएको समेत उनको जिकिर गरे ।