मलेसियासंग भएको श्रम सम्झौता ब्यवसायीले नमान्ने , परिमार्जन नगरे कामदार नपठाउने चेतावनी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Bank , Photo Gallery , Politics/राजनीति , न्युज बैंक बिषेश , बिचार , ६ वर्ष अगाडि

काठमाडौँ । सरकारले सोमबार मलेसिया सरकार संग गरेको श्रम सम्झौतालार्इ बैदेशिक रोजगार ब्यवसायहरूले नमान्ने बताएका छन । श्रम मन्त्री गोकर्ण बिष्टले सस्तो लोकप्रियताको लागी मलेसियासंग यस्तो सम्झौता गरेको आरोप समेत उनीहरूको छ ।

बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङले सरोकारवाला संस्थाहरुसंग छलफल नगरी रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सस्तो लोकप्रियताका लागि मलेसिया सरकारसंग सम्झौता गरिएको आरोप लगाएका छन ।
मंगलबार संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष गुरूङले जेठमा तत्कालिन राज्यमन्त्री टेकबहादुले पनि कार्यन्वयननै हुन नसक्ने फ्रि भिजा र फ्रि टिकटको व्यवस्था गरेर सस्तो लोकप्रियता खोजे जस्तै वर्तमान मन्त्रीबाट पनि त्यस्तै भएको बताएका छन ।
त्यस्तै उनले पहिला मलेसियासंगको सम्झौता के कति कारणले रद्ध गरिएको हो त्यसको पनि सरकारले चित्त बुझ्दो जवाफ दिनु पर्ने बताए । मलेसिया सरकारसंगको सम्झौता सरोकारवालालाई नदिई प्रेस बक्तव्यबाट मात्रै सार्वजनिक गरिनुले कतै वाहिर आएभन्दा फरक सम्झौता त भएको छैन भन्ने समेत उनले शंका उठेको उनको जिकीर छ ।
सोही कार्यक्रममा बोल्दै काँग्रेस निकट व्यवसायी भनेर चिनिने बैदेशिक रोजगार व्यवसायी संघका नि वर्तमान अध्यक्ष विमल ढकालले मन्त्री विष्टले बदनियतपुर्ण तरिकाले सस्तो लोकप्रियताको लागि गरेको सम्झौतालाई सबै व्यवसायीहरुले वाद वा विचार भन्दा माथि उठेर विरोध गर्ने चेतावनी दिए ।