काठमाडौं । बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी अवलोकन गर्नेको भिड लागेको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भिड लागेको हो । तेस्रो दिनसम्ममा३९ हजार बढीले अवलोकन गरेको मेलामा ५० लाख रुपैंयाको फूल बिक्री भएको छ ।
प्रदेश नं ३को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एशोसिएसनले मेला आयोजना गरिरहेको छ । उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका कारण अपेक्षित तथ्यांकभन्दा धेरै कारोबार भएको एशोसिएसनले जनाएको छ ।
चार दिनसम्म मेला सञ्चालन हुँदा ४५ लाख रुपैंया बाराबरको कारोबार हुने अपेक्ष गरिए पनि तेस्रो दिनसम्ममा नै ५० लाख बढीको कारोबार भएको हो । प्रदर्शनीमा ४५० भन्दाबढी जातका फूलका ४८ वटा कक्ष समावेश छन् । मेला आइतबार सकिँदैछ ।
प्रदर्शनीमा तिहारका लागि प्रयोग हुने गोदावरी फूलका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको छ ।
२०११ देखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्यस्तरमा शुरु भएको फूल व्यवसाय आर्थिक गत आर्थिक वर्षको अन्त्यसम्ममा ४३ जिल्लामा विस्तार भइसकेको छ ।