‘जनयुद्ध’को सम्झना कार्यक्रममा ओली अनुपस्थित

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ६ वर्ष अगाडि

काठमाडाैं,१ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज ‘जनयुद्ध’ दिवस मनाउँदै छ ।युद्धको कट्टर आलोचक तत्कालीन नेकपा एमाले मिलेर बनेको नेकपाले पहिलोपटक औपचारिक रुपमै जनयुद्ध दिवस मनाउन लागेको हो । पार्टी कार्यालय धुम्बाराहीमा जनयुद्ध दिवस मनाउन विशेष कार्यक्रम गरिदैछ।

कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने भएपनि अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने आजको कार्यक्रममा सहभागी हुने छैनन् । प्रधानमन्त्री ओली रोजागर कार्यक्रममा जानुपर्ने भएकाले पार्टी कार्यालयमा उपस्थित हुन नसक्ने जानकारी गराएको नेकपाले जनाएको छ ।

पार्टी एक हुनु भन्दा अगाडि तत्कालीन नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवसका रुपमा फागुन १ गते विभिन्न कार्यक्रमहरु गर्ने गरेको थियो । युद्धको दौरानमा १७ हजारले ज्यान गुमाएका थिए भने उत्तिकै संख्यामा घाइते छन् ।