कांग्रेसद्वारा संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ६ वर्ष अगाडि

काठमाडौ,६ फागुन । नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार गरेको छ ।संवैधानिक परिषद् बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको उपस्थितिबिनै संवैधानिक आयोगमा सिफारिस गर्ने निर्णय गरेकोमा आपत्ति जनाउँदै आएको काँग्रेसले सुनुवाइ समितिको बैठक बहिष्कार गरेको हो ।

१५ सदस्यीय सुनुवाइ समितिमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने चार जना सांसद छन् । कांग्रेसले संवैधानिक परिषद्ले प्रक्रिया नपु¥याई विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको भन्दै यसअघि पनि संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार गरेको थियो ।

कांग्रेसको बहिष्कारका बाबजुद आइतबार बसेको सुनुवाइ समितिको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा सिफारिस शान्तराज सुवेदीको फागुन ७ गते दिउँसो १२ बजे सुनुवाइ गर्ने निर्णय गरेको छ । सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले फागुन ७ गतेको बैठकमा कांग्रेसले बहिष्कार गरे पनि बहुमतले निर्णय गर्ने जानकारी दिए ।

नेपाली कांग्रेसकी सचेतक रहेकी सांसद पम्फा भुसालले संवैधानिक आयोग निर्णय नसच्चिएसम्म आफूहरू संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको सुनुवाइ प्रक्रियामा सहभागी नहुने बताइन् ।