ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको निधन

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि


ताप्लेजुङ,१५ फागुन ।ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

हेलिकोप्टर दुर्घटनामा मन्त्रीसहित सवार सबै ७ जनाको निधन भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ ।

दुर्घटनामा पर्यटन मन्त्रीअधिकारीसहित यति एयरलाइन्समा प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, मन्त्री अधिकारीका अंग रक्षक अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका वीरेन्द्रप्रसाद श्रेष्ठ र ध्रुवदास भोछिभयाको मृत्यु भएको हो।

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट काठमाडौं फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।