अन्तराष्ट्रिय नारी दिवस आज, नेपालमा समान सोंच र व्यवहारको आवस्यकता

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Others/अन्य , Photo Bank , Photo Gallery , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौं स् १०९औँ अन्तराष्ट्रिय  नारी दिवस आज विश्वभर मनाइँदैछ । नेपालमा पनि हरेकसमानताका लागि समान सोंच र व्यवहार स् समृद्धिको आधार भन्ने नाराका साथ मनाइँदै छ । वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिन्छ ।

१९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले हड्ताल र विशाल जुलुस प्रदर्शन गरे । यही आन्दोलनको स्मरण गर्दै सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको द्वीतीय अन्तर्राष्ट्रिय सम्मेलनले आन्तर्राष्ट्रिय नारी दिवस मनाउने प्रस्ताव पास गरेपछि यो दिवस मनाउन थालिएको हो ।

हरेक नारी दिवसमा महिला अधिकार, महिला सशक्तिकरण र समानता तथा महिला हिंसाको अन्त्य जस्ता सवालहरू उठाउने गरिन्छ । तर हरेक वर्ष नारी दिवस उठाइने विषयको प्रभावकारी कार्यान्वयन हुन सकेको छ छैन भन्ने मुल्याङकन भएको देखिदैन ।

नेपालभर महिला हिंसाको तथ्यांङ हेर्दा गत वर्षको तुलनामा यस वर्ष हिंसामा पर्नेको संख्या बढेको छ । मानव बेचबिखन, जबरजस्ती करणी, बालबिवाह, बहुविवाह, छाउपडी, बोक्सी, दाईजो प्रथा जस्ता हिंसा अझैपनि विकराल अवस्थामा रहेका छन् ।

धेरै महिला घरेलु हिंसाको चपेटामा परेका छन् । नेपालमा महिला हिंसा विरुद्धका लागी महिला आयोग, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, नेपाल प्रहरीको महिला तथा बालबालिका निर्देशनालयले पनि संवेदनशिल ढंगबाट कार्य गरिरहेका छन् । तर पनि महिलाप्रतिको दुव्र्यवहारमा भने कमी आएको छैन ।

नारी दिवसका सकारात्मक पाटाहरु पनि छन् । दिनप्रतिदिन हिंसाका घटना बढ्दै जाने र वहिष्करणमा पर्ने महिलाहरुलाई एक दिन मनाउने नारी दिवसले न्याय दिन सक्छ त रु अनि हरेक नारी दिवसमा प्रण गरिने बाचा आम महिलाहरुको पहुँचमा पुगेको छ त यो प्रश्न पनि उत्तिकै गम्भिर छ ।