काठकाडौं । नेपालमा हुने भनिएको आईफा अवार्ड नगर्न सरकारलाई संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले नेवालको स्वाधिनता, स्वतन्त्रता र आस्मितामा आँच पुर्याउने भएकाले यो अवार्ड तुरुन्त रोक्न निर्देशन दिएको हो । बैठक समितिकी सभापती पवित्रा खरेलको अध्यक्षतामा बसेको थियो ।
केही दिन यता चर्चा र बिबादमा परिरहेको आईफा अवार्डको भबिष्य यो निर्देशन संगै संकटमा परेको छ । समितिको निर्देशन नमानी अवार्ड हुन्छ की यो निर्देशन कार्यान्वयन हुन्छ अब बहसको बिषय बनेको छ ।
केही समय अघी संसदकै एक समितिले दिएको निर्देशन लोक सेवा आयोगले नमानेको घटना पुरानो भएको छैन ।