काठमाडाैं,२७काठमाडाै । यती एयरलाइन्सको विमान दुर्घटना हुनबाट जोगिएको छ ।यती एयरलाइन्सको उडान नम्बर एनवाइटी–४२२ ९नाइन एन एएमएम० विमान आज बिहान ११ः५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको थियो ।
विमानमा सवार चालक दलका सदस्यसहित ६६ जना यात्रु सकुशल रहेको उक्त विमान कम्पनीले जनाएको छ । नेपालगञ्जबाट आएको विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।
धावनमार्गमा रोकिएको उक्त विमानलाई नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका कर्मचारीलगायतको सहयोगमा तानेरह्याङ्गर’तर्फ लगिएको छ ।
यतिको विमान धावनमार्गमा चिप्लिएपछि विमानस्थबाट हुने सम्पूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए।
–––

