गुल्मीमा पहिरोले घर बगाउँदा ११ जनाकाे मृत्यु

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

गुल्मी,७ साउन । गुल्मीको सत्यवती गाउँपालिका ३ ठूलोलुम्पेक र वडा ४ लिम्घामा पहिरोले घर बगाउँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । सोमबार राति आएको अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको हो ।

गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले वडा ४ लिम्घामा ४ घर बगाउदा ९ जनाको शब फेला परेको र २ जना अझै बेपत्ता रहेको जानकारी दिए । शबको पहिचान हुन सकेको छैन । चार घरमा कति जना थिए र अन्य कति थिए भन्ने नखुलेको ढकालले बताए । उद्धारका लागि स्थानीयको टोली लागेको र प्रहरीको टोली पनि पुग्न लागेको उनले बताए ।

यस्तै ठूलोलुम्पेकमा स्थानीय ३० बर्षीय तिलकुमारी तरामू ,उनका छोरा बर्ष ७ का दर्शन तरामुको मृत्यु भएको स्थानीय जितबहादुर तरामुले जानकारी दिए । यस्तै उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी तरामु घाइते भएका छन्।

ठूलोलुम्पेकको दाङसिङमा राति घर बगाउदा रुद्रबहादुर बिककी आमा माया बिक, छोरी ववि बिक, छिमेकी शर्मिला बिकको घरमा पुरिएर मृत्यु भएको हो । उनीहरुको शव भेटिएको छैन।