रवि लामिछानेकाे बयान सकियाे, थुनछेककाे बहस हुँदै

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , ७ वर्ष अगाडि

चितवन,९ भदाै ।पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने र युवराज कँडेललाई बयानका लागि जिल्ला अदालत लगिएको छ ।

लामिछाने र कँडेलको आज बयान सकिएपछि अदालतमा वादी प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् । थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ। तीन जना प्रतिवादी मध्ये अस्मिता कार्कीको आइतबार नै बयान लिइसकिएको छ।

तिनैजनाविरुद्ध आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको थियो । रवि लामिछाने निर्दाेस रहेको दाबीसहित फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले चितवनमा प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शन चर्कर्दै गएपछि स्थानीय प्रशासनले भरतपुरमा निषेधाज्ञा जारी गरेको छ ।