नेकपाको केन्द्रीय समितिमा काे-काे थपिए ४ जना ?

Bhim Thapa Latest Update , News/समाचार , Politics/राजनीति , ६ वर्ष अगाडि

काठमाडाैं,९ भदाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न पार्टीबाट एकतामा आएका चार जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनयन गरेको हो ।
नेकपामा प्रवास कमिटी, महानगरहरूको नेतृत्व, पोलिटब्यूरो गठन लगायत विषयमा निर्णय हुन बाँकी छ ।

पार्टीका अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गत बिहीबार सिङ्गापुर गएपछि ‘प्रचण्ड’ले अध्यक्षतामा बैठक बैठक बसेकाे हाे ।