बालकृष्णलाई विष खुवाउने उनकै पूर्वकर्मचारी!

Bhim Thapa Latest Update , ७ वर्ष अगाडि

काठमाडाैं ।आचार्य बालकृष्णलाई उनीनिकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाए खुवाएको तथ्य फेला परेको छ।

केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्वकर्मचारीले कृष्ण जन्माटमीको दिन पेडामा विष खुवाएर हत्या प्रयास गरेको खुलेको हो।

कृष्ण जन्माष्टमीको दिन गुरुको हैसियतले एक पाकेट पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ती कर्मचारीले धेरै पेडामध्ये आफ्नै हातले विष मिसाएको पेडा खान दिएको खुलेको छ। आचार्य बालकृष्णलाई हरिद्वारमा भेट गरी नेपाल फर्किएका पतञ्जली योगपीठ नेपालका ट्रस्टी ई. शालिकराम सिंहले पेडामा विष खुवाउने पूर्वकर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अघि बढिरहेको बताए।

पेडामा विष मिसाएर खुवाएको करिब ५ मिनेटपछि छटपटिएका आचार्य बालकृष्णलाई बाबा रामदेव र कर्मचारीले नजिकैको भूमानन्द अस्पतालमा भर्ना गरेका थिए। उक्त अस्पतालमा उपचार सम्भव नभएपछि ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो। करिब दुई दिनसम्म उपचार गरी निवास फर्किएका आचार्य बालकृष्णको स्वास्थ्य अवस्था सामान्य रहेको सिंहले जानकारी दिए।