कागेश्वरी पुस्तकालयमा निर्मित तीन साहित्यकारको शालिक लक्ष्मीजयन्तीमा अनावरण गरिदै

Bhim Thapa MainNews/प्रमुख समाचार , News/समाचार , Others/अन्य , साहित्य/ पुस्तक , ५ वर्ष अगाडि


काठमाडौं,१७ भदाै । काठमाडाैंकाे कागेश्वरी मनहरा नगरपालिकास्थित कागेश्वरी पुस्तकालय प्राङ्गणमा तीन शीर्ष साहित्यकारको पूर्णकदको शालिक अनावरण गरिने भएको छ ।

आलापोट साहित्यधाममा आगामी लक्ष्मीजयन्तीमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सहित लोकप्रिय हास्यव्यङग्यकार भैरव अर्याल र यशस्वी आख्यानकार रमेश विकलको पूर्णकदको सालिक अनावरण गर्न लागिएको हो ।

प्रदेश सभाका सांसद् रामेश्वर फुयालको विशेष सक्रियतामा हुन लागेको यस कार्यक्रमका लागि साहित्यकार र जनताबाट पनि “एक रुपैया भन्दा माथि सहयोग अभियान” नै चलाइएको छ । यस कार्यक्रमले राजधानीको पूर्वी क्षेत्रमा साहित्यिक तथा सांस्कृतिक जागरणमा समेत सहयोग पुग्ने फुयाल बताउनुहुन्छ ।

पूर्ण कदको शालिक निर्माणका लागि ढलोट आदिका पुराना भाँडा वा एक रुपैयाभन्दा बढी आर्थिक सहयोग जो कोहीले गर्न सक्ने फुयालले जानकारी दिनुभयो । फुयालको अगुवाईमा भइरहेको यो कार्यक्रम प्रशंसनीय रहेको भन्दै वरिष्ठ साहित्यकार विजय चालिसेले सहयोगका लागि सबै समक्ष आग्रह गर्नु भएको छ । स्वर्गिय विकलका जेष्ठ सुपुत्र चालिसेले यस कार्यक्रमका लागि नगद १ लाख रुपैया सहयोग गर्नु भएको छ ।