बालुवाटार जग्गा प्रकरण : ५८ जनालाई बयानका लागि बाेलाइयाे (सूचीसहित)

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडाैं,१८ भदाै ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासको जग्गा किनबेच प्रकरणमा मुछिएका थप अन्ठाउन्न जनालाई अाज बयानका लागि बोलाएको छ। अख्तियारले सूचना जारी जारी गर्दै उनीहरुलाई बयानका लागि बोलाएको हो।

बालुवाटारको २ सय ९९ रोपनी सरकारी जग्गा मालपोत कर्मचारी समेतको मिलेमतोमा गैरकानूनी तरिकाले ब्यक्ति विशेषलाई फिर्ता गरेको विषयमा अख्तियारले केही महिनादेखि छानविन जारी राखेको छ। जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेल लगायतका पहुँचवाला व्यक्तिको नामसमेत जोडिएको छ।

आयोगले उनीहरुलाई ७ दिनभित्र उपस्थित हुन सूचना निकालेको हो। बालुवाटार प्रकरणमा जोडिएका सबै ‘राजनीतिक’ व्यक्तिको बयान लिएको अख्तियारले अब छुटेका व्यक्तिहरुलाई सोधपुछका लागि बोलाएको हो।

यसअघि नै अख्तियारले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई बयानका लागि सूचना प्रकाशित गरिसकेको थियो।