अमेरिकामा भएकाे कार दुर्घटनामा तीन नेपालीको मृत्यु

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

अमेरिकाको मिसौरी राज्यमा भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ।

स्थानीय जोप्लिन प्रहरीका अनुसार मंगलबार भएको दुर्घटनामा मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्। श्रद्धा विराटनगरनिवासी हुन्। 

श्रद्धाका बाबु आमा नेपालबाट अमेरिका घुम्न गएका थिए। कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पताल भर्ना भएका छन्।

प्रभाशको अवस्था स्थिर छ भने बालकको अवस्था चिन्ताजनक रहेको बताइएको छ। प्रभाश आफ्नो टोयोटा आरएभी ४ हाँकेर मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व गइरहेका थिए। सडक बत्तिमा रोकेका बेला उनले गाडीलाई पछाडिबाट आएको टोयोटाको पिकअप ट्रकले हानेको थियो।

श्रद्धा र प्रभाश अगाडिका सिटमा थिए। दुर्घटनालगत्तै गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो। घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको छ।