काठमाडाैं,२८ भदाै । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको विवाद उत्कर्षमा पुगेको छ । आन्दोलनको मुद्दामा भ्रष्टाचारको विषय समेट्ने कि नसमेट्ने विषयमा अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीबीचको झगडाले चर्को रुप लिएको छ। उनीहरुले विज्ञप्ति निकालेर एकले अर्कालाई पदबाट हटाएर कारबाही गरेका छन् ।
अध्यक्ष बस्नेतले शाहीलाई अनुशासनहिन काम गरेकाले महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाएको पत्र कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत बोधार्थ पठाएका छन् ।
त्यसकाे केहीबेरमै शाहीले महासचिवको हैसियतमा वक्तव्य जारी गर्दै अध्यक्ष बस्नेतलाई नै तरुण दलको साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निस्कासन गरिएको बताएका छन् । उनले बस्नेतमाथि अख्तियार घराउ कार्यक्रम रोकेको, केन्द्रीय समिति विस्तार नगरेको, बाढी पीडितको नाममा संकलन गरेको राहतमा घोटाला गरेको लगायतका आरोप लगाएका छन् ।

