काठमाडाैं ।गायक राजेश पायल राईको बानेश्वरस्थित घरमा सोमबार राति आगलागी हुँदा उनका सम्मान र प्रमाणपत्रहरु सबै जलेर नष्ट भएको छ।
गायक राईले विभिन्न कार्यक्रममा पाएका मायाको चिनो, सम्मान र प्रमाणपत्रहरु जलेर नष्ट भए पनि मानवीय क्षति भने हुन पाएन।
गायक राई सांगीतिक कार्यक्रममा भाग लिन विदेश गएका बेला घरमा भएको आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
सो घटनापछि उनले फेसबुकमा आफू विदेशमा रहेका बेला पनि विपत्तिमा सहयोग गर्ने छिमेकीसहित प्रहरी तथा दमकलको टिम र सहयोगी सबैलाई धन्यवाद दिएका छन्।
सम्मानपत्रहरु जलेर नष्ट भए पनि जनताको माया नष्ट नहुनेमा आफू आशावादी रहेको उनले फेसबुक उल्लेख गरेका छन्।


