काठमाडौं,३ असाेज। सरकारले आज (शुक्रबार) काठमाडौं उपत्यकामा रहेका विभिन्न संग्रहालयमा निःशुल्क प्रवेश दिने भएको छ ।
संविधान दिवसको अवसरमा शुक्रबार एक दिन हनुमानढोका, पाटन र भक्तपुरमा रहेको राष्ट्रिय संग्रहालयमा निःशुल्क प्रवेश गर्न दिने निर्णय गरेको हो ।सरकारले २०७२ असोज ३ गते संविधान जारी भएको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ भने संग्रहालयमा प्रवेश निःशुल्क गरेको हो ।
‘हनुमानढोका, पाटन र राष्ट्रिय कला संग्रहालय प्रवेशमा शुक्रबार शुल्क लिइने छैन ।’
हनुमानढोका, राष्ट्रिय कला तथा पाटन संग्रहालय प्रवेश गर्न नेपालीका बढीमा सय रुपैयाँसम्म तिर्नुपर्ने हुन्थ्याे ।
सरकारले संग्राहलयहरुमा प्रवशे निःशुल्क गरेपनि कतिपय संग्रहालय तथा पुरातात्विक सम्पदाहरुको अवस्था भने टेकाको भरमा छन् ।
हनुमानढोका दरबार संग्राहालय विकास समितिका अनुसार भूकम्पले दरबार क्षेत्रका ९ वटा सम्पदा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो भने २० मन्दिरमा आंशिक क्षति पुर्याएको थियो ।पाटन दरबार क्षेत्रमा ६ वटा सम्पदा पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो भने १५ वटामा आंशिक क्षति पुगेको थियो । भक्तपुर दरबारका ठूला–साना गरी १६ वटा सम्पदामा भूकम्पले क्षति पुर्याएको थियो ।

