सञ्चारमन्त्री बाँस्कोटाको कमिसनसम्बन्धी अडियो सार्वजनिक

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ६ वर्ष अगाडि

काठमाडाैं,८ फागुन । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा सेक्यूरिटी प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसनसम्बन्धी विवादमा मुछिएका छन् । लेखा समितिमा छानबिनका क्रममा रहेको विषयसँग सम्बन्धित अडियो बिहीबार सार्वजनिक भएको हो ।

सेक्यूरिटी प्रेससँग सम्बन्धित एक प्रतिनिधि विजयप्रकाश शर्मा मिश्रसँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले आफ्नो कार्यकक्षमै बोलाएर कमिसनको अंकबारे सांकेतिक कुराकानी गरेका हुन्। भ्रष्टाचार निवारण ऐनले कमिसनलाई घुस मानेको छ र सार्वजनिक पदमा बस्नेले कमिसनको लेनदेख गर्नु भ्रष्टाचार मानिने उल्लेख छ।अडियो कुराकानी अनुसार, मन्त्री बाँस्कोटाले ७० करोड रुपैयाँको कमिसनमा डिल गरेका छन्। उनले कमिसन बढी हुने उपायका बारेमा सल्लाह गरेका छन्। ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत रकम मन्त्रीलाई हुने कुराकानीमा स्पष्ट सुनिन्छ। हाम्राकुरा डटकम लगायत अन्य डिजिटल प्ल्याटफर्ममा घुसको अडियो र त्यसक्रममा गरिएको संवादको विवरण सार्वजनिक भएको छ।