चीनद्वारा १० भारतीय सैनिक मुक्त

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , ६ वर्ष अगाडि

काठमाडौं । चीनले गलवानको भिडन्तमा कब्जामा लिएका १० भारतीय सैनिकलाई बिहीवार बेलुकी मुक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

सैन्य स्रोतलाई उद्धृत गर्दै द हिन्दु पत्रिकाले मुक्त गरिएकामध्ये एक लेफ्टीनेन्ट कर्णेल र तीन जना मेजर रहेको बताएको छ।

भारत सरकारले यो खबरको पुष्टि गरेको छैन र भारतीय सैनिकहरू हराइरहेको भन्ने पनि पुष्टि गरेको छैन।

गलवान उपत्यकामा भएको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने यसले दुई शक्ति राष्ट्रबीच तनाव बढाएको थियो।