मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसालियो

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ५ वर्ष अगाडि

काठमाडाै । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा भरिएको पानी सुन्दरी जल आइपुगेको छ ।

शनिबार काठमाडौंको सुन्दरीजलमा आयोजित विशेष कार्यक्रमका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर सुन्दरीजलमा पानी खसालिएको हो । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेर सुरुङमा पानी परीक्षण गरेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले केही दिनभित्रै काठमाडौंवासीका घर घरका धारामा मेलम्चीको पानी झर्ने बताउनुभयो । लामो समयदेखि जारी वाग्मती सफाइ अभियानमा पनि मेलम्चीको पानीले सहयोग पुग्‍ने प्रधानमन्त्री ओलीको विश्‍वास थियो ।

पहिलो चरणमा काठमाडौंमा १५ हजार घरधुरीमा टेस्ट भइसकेको भन्दै प्रधानमन्त्री ओलीले दोस्रो चरणमा यांग्री र लार्केबाट पानी थपेपछि काठमाडौंलाई खानेपानी पुग्ने बताउनुभयो । सुन्दरीजलमा पानी आउनु नयाँ उचाइको सफलता भन्दै ओलीले काठमाडौंवासीलाई बधाई तथा शुभकामना दिनुभयो ।

त्यस्तै प्रधानमन्त्री ओलीले सरकारले लोकप्रिय काम गर्न थालेपछि आफ्नै पार्टीका साथीहरुले प्रधानमन्त्रीबाट हटाउन लागेको आरोप लगाउनुभयो । २३ सिट जितेको कांग्रेससँग प्रधानमन्त्री बन्दिनुपर्यो भनेर एक हल बुढानिलकण्ठतिर लागेको उहाँको भनाइ छ ।