ऋषि कट्टेलकाे नेकपालाई आधिकारिकता,ओली र प्रचण्डकाे नेकपाले नाम परिवर्तन गर्नुपर्ने

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ५ वर्ष अगाडि

काठमाडाैं । सर्वाेच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएको हो । 

कट्टेलले आफूहरूको नामसँग मिल्ने गरी त्यसैको छोटकरी नाम नेकपा थपिदिएर दल दर्ता गर्ने निर्णय गलत भएको दाबी गर्दै  केहीसमय अगाडि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतको  निर्णयसँगै हाल दुई खेमामा विभाजित नेकपामाथिको दाबी विवादमा थप जटिलता थपिएकाे छ ।

अब आधिकारिककाे दावी गर्दै हिड्का अाेली र प्रचण्ड  दुवै पक्ष मिलेर पार्टीको मूल नामको पछाडि अर्को शब्द झुन्ड्याउनुपर्नेछ ।त्यसका लागि दुई अध्यक्ष आयोगमा जानुपर्नेछ । नाम परिवर्तन गर्दा विधानसमेत परिवर्तन गर्नुपर्नेछ ।

हालको अवस्थामा यसरी निर्णय हने अवस्था देखिदैन । तसर्थ अब तत्कालिन एमाले र माअाेबादी पार्टीलाइ ब्यूँताएर दुबै समूहले अलगअलग रूपमा पार्टीकाे नाम राखेर अगाडि बढ्नुपर्ने स्थिति देखिएकाे छ ।