प्रधानमन्त्री ओलीले साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने

Bhim Thapa MainNews/प्रमुख समाचार , Politics/राजनीति , ५ वर्ष अगाडि

काठमाडाैं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेका छन् ।
बालुवाटारमा आइतबार साँझ बसेको पक्षीय संसदीय दलको बैठकमा ओलीले सर्वोच्च अदालतबाट साविककाे एमालेकाे अस्तित्व कायमै रहेकाे भन्ने पुष्टि गरेकाले छिट्टै एमाले केन्द्रीय कमिटी बैठक बोलाउने बताएका हुन् ।

अदालतले अाेलीलाई फैसलाअनुरुप गर्नु भनेर पत्र समेत पठाएका छन् । प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर असन्तुष्टि जनाएका थिए । ‘सभामुख साझा व्यक्ति हो । तर, उहाँ सिधै राजनीतिक विषयमा प्रवेश गर्नुभयो प्रधानमन्त्रीकाे असन्तुष्टि थियाे ।

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वमै नेकपालाई वैधता दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको छ ।