प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरूद्ध मुद्धा दायर गरेर समस्या निम्त्याएका हुन् : प्रधानमन्त्री ओली

Bhim Thapa MainNews/प्रमुख समाचार , Politics/राजनीति , ५ वर्ष अगाडि

 काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीकाे दल कुन हो भनेर साेध्नेहरूलाइ अदालत गएर बुझ्न आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्रीले ओलीले अदालतले आफ्नो दलका बारेमा बोलेको र त्यही गएर सोध्न भनेका हुन् ।हिजो बसेको प्रतिनिधिसभाको बैठकमा प्रचण्ड नेपाल समूहका सांसद भीम रावलले प्रधानमन्त्रीको दल कुन हो भनेर प्रश्न गरेका थिए ।

‘अदालतले भनिसकेको छ त कुन पार्टीको सदस्य र अध्यक्ष हो भनेर अदालतले भनेको पनि नसुन्ने ? प्रधानमन्त्रीले प्रश्न गरे । प्रधानमन्त्रीले भने, उहाँहरुले त मलाई नेकपाको साधारण सदस्यबाटै कारवाही गर्नुभएको थियो । अहिले त म नेकपाको साधारण सदस्य समेत होइन ।’

आँखा भएर नदेख्ने र कान भएर पनि सुन्नै नसक्ने यो उनीहरुको जन्मँदैको समस्या पनि होइन भन्दै हुँदाहुँदा प्रधानमन्त्री कुन पार्टीको भन्नेलाइ, अब सर्वोच्च अदालतमा गएर सोध्न,’ भन्नु बाहेक अाफूसँग अर्काे जवाफ नभएकाे बताए ।

प्रचण्ड नेपाल समूहले प्रतिनिधिसभा विघटनका विषयमा अदालतमा मुद्धा दायर गरेर समस्या निम्त्याएको प्रधानमन्त्रीको भनाइ छ ।नेकपाको विषयमा अदालतले गरेको फैसला स्वीकार गर्नुपर्ने पनि उनले बताए ।

प्रतिनिधिसभाको पहिलो बैठकमै नाराबाजी गरेको भन्दै प्रधानमन्त्री ओलीले चर्को आलोचना समेत गरे ।उनले भने, ‘कोही बहिस्कार गरेका छन्, कोही नारा लगाएका छन् । पहिलो गाँसमै झिँगा परेको जस्तो भयो । प्रतिनिधिसभाको बैठकमा यस्तो पनि हुन्छ ?