प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित भएको छ । बुधबारको बैठकमा प्रतिनिधिसभा सदस्य तथा पूर्वसदस्यहरूको निधनमा शोक प्रस्ताव पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले चैत ३ गते १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।
यसअघि बुधबार बस्ने बैठकलाई विभिन्न दलका नेताहरूले सम्बोधन गर्ने, विभिन्न अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख थियो ।शोक प्रस्ताव पारित भएपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ ।
एक सातासम्म स्थगित गरिएकाे संसद बैठक त्यसपछि पनि बिना अवराेध सुचारू हुनेमा अाशंका छ । किन कि कांग्रेसले संवैधानिक अध्यादेशलाइ कुनै पनि हालतमा संसद बैठकमा प्रवेश गर्न नदिने अडान राख्दै अाएकाे छ ।

