बादलसहितका मन्त्रीहरुलाई फिर्ता हुन अल्टिमेटम

Bhim Thapa Politics/राजनीति , ५ वर्ष अगाडि

काठमाडाैं ।नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहितका मन्त्रीहरुलाई तत्काल मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा बिहान बसेकाे स्थायी कमिटी बैठकले उनीहरूलाइ २४ घण्टे स्पष्टीकरणसहित  फिर्ता हुन निर्देशन दिएको हो ।

बैठकले  पार्टीमा फर्कने मौका दिँदा पनि नफर्किएमा उनीहरूलाई कारबाही गर्ने भएको छ ।बादललगायतका नेताहरुलाई एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भने केन्द्रीय सदस्यमा मनोनयन गरिसकेका छन् ।ओलीलाई साथ दिँदै आएका माओवादीका मन्त्रीहरुले पार्टी छाड्ने तर सरकार र ओलीको साथ नछाड्ने बताउँदै आएका छन् ।

माओवादीका अध्यक्ष प्रचण्डले पनि हिजो बुटवलमा आयोजित एक कार्यक्रममा बादल लगायतका नेताहरुलाई उतै बसे हुन्छ फर्कनु पर्दैन भनेका थिए ।नेता रामबहादुर थापालगायत २३ जना नेता अहिले एमालेको ओली पक्षका दरिलो खम्बा बनेर रहेका छन् ।