काठमाडाें । सरकारले नयाँ महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडालको नाम सिफारिस गरेको छ । शुक्रबार दिउँसो महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा स्वीकृत भएलगत्तै सरकारले अधिवक्ता बडालको नाम सिफारिस गरेको हो ।अधिवक्ता बडाल एमालेनिकट ट्रेड युनियन जिफन्टका उपाध्यक्षसमेत हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ । २०७४ फागुन ८ गते महान्यायाधिवक्तामा नियुक्त खरेलले प्रधानमन्त्रीलाई भेटेर पदबाट राजीनामा दिएको बताएका छन् ।
प्रतिनिधिसभा विघटनका विरुद्ध मुद्दामा सरकारका तर्फबाट राम्ररी प्रतिरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट भएको र त्यसैलाई लिएर उनले राजीनामा दिन बुझिएकाे छ ।पत्रकार सम्मेलनमा खरेलले प्रधानमन्त्रीसँग छलफल गरेरै राजीनामा दिएको पनि बताएका छन् ।खरेलले अब राजनीतिमा सक्रिय हुने र पार्टीले दिएको जिम्मेवारी सम्हालने बताए ।

