वायु प्रदूषणका कारण ४ दिन विद्यालय बन्द

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि

काठमाडाैं ।सरकारले भोलिदेखि ४ दिन सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेकाे छ ।

देशभर वायु प्रदूषण बढेकाे भन्दै  शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भाेलिदेखि ४ दिन देशभरका सम्पूर्ण शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको हाे । 

पूर्वनिर्धारित परीक्षाहरू भने यथावत सञ्‍चालन हुने बैठकले निर्णय गरेको छ ।सरकारकाे निर्णय अनुसार अब आइतबार मात्रै शिक्षण संस्था खुल्नेछन् ।याे अवधिमा पनि प्रदूषण नघटे अरु केही दिन थप हुन सक्ने जनाइएकाे छ ।

वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै सरकारलाइ विभिन्न निकायहरूले सुझाव दिएका थिए ।शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ ।