काठमाडाैं । लामाे खडेरीलाई चिर्दै बुधबार साँझ काठमाडौं उपत्यकासहित पहाडी भेगमा वर्षा भएको छ ।
ढिलै भएपनि चैतकाे अन्तिमतिर भएकाे हल्का वर्षाले किसानलाइ मात्र हाेइन तुवाँलोलाई केही कम गर्ने अपेक्षा गरेकाे छ ।वायु प्रदूषण र तुवाँलाेले गर्दा जनस्वास्थ्यमा असर त गरेकाे छ नै भिजिबिलिटी कम हुँदा विमान सेवा समेत अबरूद्भ हुँदै आएकाे छ ।
प्रत्येक वर्ष माघ महिनामा केहीदिन झरिहाल्ने गरेकाेमा यसपटक त्यस्ताे केही भएन । उपत्यकाका केही स्थानमा फागुन लागेपछि पानी छिट्याए पनि आवश्यक मात्रामा वर्षा भने हुन सकेन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यका, गण्डकी प्रदेश र प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षा भएको छ ।

