स्वर्गद्वारी नजिकै जीप दुर्घटना हुँदा चार जनाको मृत्यु,१० जना घाइते

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ रुमाले भन्ने स्थानमा जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित चार जनाको मृत्यु भएको छ । 

नयाँ वर्षको अवसर पारेर जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी स्वर्गद्वारी दर्शनका लागि बुधबार बिहान लु १ ज १६५५ नम्बरको सार्वजनिक जीपमा गएका थिए ।  जीप सडकबाट झण्डै १ सय मिटर तल खसेको थियो ।

दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।मृत्यु हुनेमा एक जना सवारी चालक पनि छन् ।घटनामा १० जना घाइते छन् ।तल्काल दुर्घटनाकाे कारण खुल्न नसके पनि क्षमता भन्दा बढी यात्रुका कारण भएकाे प्रहरीकाे अनुमान छ ।