काठमाडाैं । प्रधानमन्त्रीलाई ज्यानमार्ने धम्की दिएका बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले रोष्टमभमा उभिएर माफी मागेका छन् ।
विवादास्पद अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना खेपेका वैद्यले लिखित र रोष्टममा उभिएर माफी मागेका हुन । शनिवार प्रदेशसभा बैठक शुरु भए लगत्तै रोष्टममा उभिएर वैद्यले आफ्नो अभिव्यक्तिप्रति सामाजिक सन्जालमा क्रिया प्रतिक्रिया आएको र आफ्नो पार्टीले समेत माफी माग्न निर्देशन दिएकाले आत्मालोचना गर्दै फिर्ता लिएको बताएका हुन् ।
बैठक शुरुहुनुभन्दा पहिला नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकले नरोत्तम वैद्यले लिखित रुपमा माफी माग्नुपर्ने र उनको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग गरेको थियो ।

