बालुवाटार जग्गा प्रकरणमा मुछिएका गच्छदार १० लाख धरौटीमा छुटे

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं।नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा १० लाख धरौटी बुझाएर रिहा भएका छन्।

ललिता निवास जग्गा प्रकरणमा बुधबार अदालतमा हाजिर भएका उनलाई अदालतले १० लाख रूपैयाँ धरौटी मागेको थियो।अदालतमा भएको बयान र थुनछेक बहसपछि धरौटी माग्ने निर्णय भएको हो।यसअघि उनी फरार रहेका थिए ।

गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजान विभागीय मन्त्रीको रुपमा गैरकानूनी कार्य गरेको अभियोग पत्रमा उल्लेख छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो।