सवारी साधनकाे भाडा बढ्याे, इन्धनको मूल्य घट्यो

Bhim Thapa Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा मूल्य घटाउने निर्णय गरेको हो ।

नयाँ  मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय २८ र डिजेल/मटितेल प्रतिलिटिर १ सय ११/१ सय ११ कायम गरिएको छ ।’अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढिरहेकाले निगमको आर्थिक स्थिति उकास्न मूल्यलाई समायोजन गर्दै लैजानुपर्ने बाध्यतालाई बुझ्नसमेत निगमका प्रवक्ता बिनितमणि उपाध्यायले आग्रह गरे ।

 इन्धनमा भएको मूल्यवृद्धि फिर्ता गरिनुपर्ने भन्दै संयुक्त विद्यार्थी संगठनले आन्दोल गर्दै
आएका थिए । नयाँ सरकार गठनसँगै लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि भएकाे छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।