ओलीको बहिर्गमनसँगै विप्लव समूहकाे राजनीतिक सक्रिया बढ्याे

Bhim Thapa Latest Update , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । केपी ओलीको बहिर्गमनसँगै नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) राजनीतिक भेटवार्तामा सक्रिय भएका छन् । उनले आज पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग उनकै निवास कोटेश्वरमा गएर भेटेका छन्।

महासचिव विप्लव नेता धर्मेन्द्र वास्तोलासँगै प्रचण्डसहित नेपाल निवास कोटेश्वरमा गएर नेता नेपालसँग छलफल गरेका हुन् ।भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था र ओली सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयको विषयमा छलफल भएको बुझिएको छ ।ओली सरकारसँग शान्ति सम्झाैता गरे पछि महासचिव विप्लव सार्वजनिक भएका हुन् ।

महासचिव विप्लवले बुधबार प्रचण्डसँग मात्रै उनकै निवासमा भेटवार्ता गरेका थिए । उनीहरुबीच कम्युनिष्ट एकताको विषयमा समेत कुरा उठेको बुझिएको छ। यद्यपी विप्लव समूह अहिलेको संसदीय व्यवस्थालाई परिवर्तन गर्नु पर्छ भन्नेमा जोडदिदै आएको छ ।